काठमाडौँ — काबुल विमानस्थलामा गोली लागेर ३ जनाको मृत्यु भएको बताइएको छ । वाल स्ट्रिट जर्नलको समाचार उद्धृत गर्दै बीबीसीले ३ जनाको गोलाबारीमा मृत्यु भएको जनाएको छ । गोलाबारी कसले गर्‍यो भन्नेबारे केही खुलेको छैन ।

विमानस्थलमा धेरै भीड भएपछि यसअघि अमेरिकी सेनाले पटक पटक हवाइ फायर गरेका समाचारहरु बाहिरिएका थिए । आफ्ना नागरिकहरुको उद्धारका लागि भन्दै काबुल विमानस्थललाई अमेरिकी सेनाले नियन्त्रणमा लिएर राखेको छ ।

तालिबानले काबुल कब्जा गरेपछि त्यहाँ रहेका अमेरिकी दूतावास तथा पश्चिम मुलुकका दूतावासहरु खाली भएका छन् । दूतावासका कर्मचारीहरुालाई अमेरिकाले हेलिकप्टरबाट अन्तर्राष्ट्रिय विमानस्थलमा लगेको थियो । त्यहाँबाट उनीहरुलाई दोहालगायतका स्थानहरुमा उद्धार गरेर पुर्‍याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

Your Views
Related News